समाज

विमानस्थल घेर्ने सडक बनाउन चार हजार माथि रुख काटिँदै

काठमाडौं – बारास्थित निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणस्थल घेर्ने सडक बनाउन चार हजार दुई सय ३२ रुख काट्नुपर्ने जनाइएको छ।

आयोजना निर्माणका लागि अन्तरनिकाय समन्वय, सहजीकरण एवं आइपरेका समस्या समाधान गर्न निरन्तर क्रियाशील रहने गरी गठित उच्चस्तरीय सहजीकरण समितिको पाँचौं बैठकले उक्त आकलन सार्वजनिक गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईको संयोजकत्वमा आइतबार मन्त्रालयमा बसेको बैठकमा सेक्टर वन कार्यालय निजगढले विमानस्थलका विमानस्थल घेर्ने सडक निमार्णका लागि उक्त संख्यामा रुख कटान गर्नुपर्ने जानकारी गराएको हो।

प्रकाशित: २९ वैशाख २०७७ ०३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App