समाज

ग्यास लिक हुँदा घाइते

तनहुँ – आबुखैरेनी–१ सत्रसयमा आइतबार ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा स्थानीय विनोद विकका दुइ छोरा घाइते भएका हुन् । भान्सा कोठामा ग्यास लिक भई अचानक आगोलागी भएको इलाका प्रहरी कार्यालयका आँबुखैरेनीका इन्चार्ज प्रहरी निरीक्षक बुद्धि सुवेदीले बताए । 

लिक भएको ग्यास सिलिन्डर बन्द गर्न जाने क्रममा विस्फोटमा परी ११ वर्षीय विवेक र सात वर्षीय सरगम घाइते भएको प्रहरीले जनाएको छ । विवेकको शरीर र हातको केही भाग जलेको छ भने सरगमलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ । दुवैको आँबुखैरेनी हाडजोर्नी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित: २२ वैशाख २०७७ ०२:३७ सोमबार

ग्यास_सिलिन्डर आगलागी