समाज

शरणार्थी शिविरमा आगलागी, चार घर जलेर नष्ट

बनियानी - झापाको दमक नगरपालिका–३ बेलडाँगीमा रहेको भूटानी शिविरमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । आज बिहान  शिविरको बी–३ हटनम्बर २६० मा रहेको टीकाराम चापागाईंको घरबाट अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार चापागाईँको घरबाट शुरु भएको आगोले छिमेकी पदम चापागाईँ, रुपनारायाण दुलाल र हर्कबहादुर सुब्बाको समेत घर जलेर नष्ट हुँदा करिब १७ लाख ३५ हजार रुपैयाँ बराबरको क्षति भएको छ । आगलागी स्थानीयवासी, प्रहरी र बारुणयन्त्रको सहयोगमा बिहान ३ः३० बजे पूर्णरूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।रासस

प्रकाशित: १८ वैशाख २०७७ ०७:५१ बिहीबार

आगलागी शरणार्थी_शिविर