समाज

लागूऔषध सेवन गरी लठ्ठिएर तीनजनाले गरे साथीको हत्या

लहान- सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ का किशोरलाई साथीहरु मिलेर हत्या गरी फालिदिएको खुलेको छ।  चैत ३० गत्ते फेला परेको १८ वर्षीय सुरज साह सोनारलाई तीन जना साथी मिलेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।  

प्रहरीले सुरजको हत्या आरोपमा सोही ठाउँका सुजित कुमार मुखिया कृष्णकुमार मुखिया र चन्द्रशेखर मण्डललाई पक्राउ गरी कर्जब्य ज्यान मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको सप्तरी प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईले बताए।  

चैत ३० गत्ते साँझ ७:३० बजे कंकालिनी मन्दिरभन्दा करिब १ किलोमिटर दक्षिण पोखरीको डिलमा सुरज, कष्ण, चन्द्रशेखर र सुजित मिलेर गाँजा खादै थिए।   गाँजा खाने क्रममा उनीहरु चोरी गर्ने योजना बनाए।   चोरी गर्न  आवश्यक कट्टर, खुकुरी र बोराको बन्दोबस्त मिलाउन तीनैजनाले सुरजलाई जिम्मा दिए।   

घरबाट खाना खाएर एक घण्टापछि चारै जना गाउँ छेवैको आँप बगैचामा भेला भए।   सुरजले साथमा ल्याएको सोनपिच (सुलेसन) नामक लागूऔषध चारै जनाले पालैपालो सेवन गरे।   लागूऔषध सेवनपछि सबैजना लठ्ठ परे।   उनीहरु राती करिब १०:३० बजे कंकालिनी मन्दिर अगाडिको चोकमा जम्मा भए।   सुजितले सुरजसँग रहेको ताल्चा काट्ने कट्टर मागेर जस्किदै सुरजको टाउकोमा प्रहार गरे।   नसामा लठ्ठीएका सुरज त्यहीँ ढलेर बेहोस भए।   सुरज ढलेपछि तीनै जना साथी मिलेर प्लास्टिकको बोरामा रहेको निलो रंगको लेस (डोरी) घाँटीमा बाँधेर घिसार्दै लात्ती र कट्टर समेत प्रहार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।   ‘यो त मरिसक्यो यसलाई साइड लगाउनुपर्छ’ भन्दै तीनैजनाले सोही प्लास्टिकको बोरामा हालेका थिए।   बोरामा हालेर कोशी बाँधको छेउमा लगेर खुकुरीले सुरजको टाउकोमा प्रहार गरी बाटो छेउकै झाडीमा फालेर तीनै जना फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।   

ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटीएको प्रहरी अधिकारीले  हत्या अनुसन्धान गरी संलग्न तीन जनालाई हत्यामा प्रयोग गरिएका हतियारसहित पक्राउ गरेको एसपी प्रसाईले बताए।   तीनै जनालाई  हत्यामा प्रयोग भएका सामानहरु (फलाम काट्ने कट्टर , खुकुरी र बोरा) सहित पक्राउ गरी बिहिबार जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको प्रसाईले बताए।   

चारै जना मिल्ने साथी थिए।   उनीहरु सँगै लागूऔषध सेवन गर्दै आएका थिए।   त्यो रात लागूऔषध सेवन गरेपछि नसाको झोकमा जिस्किँदाको परिणाम हत्या हुन गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रसाईले बताए।  

 

प्रकाशित: १८ वैशाख २०७७ ०७:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App