समाज

अवैध हतियारसहित एक शिकारी पक्राउ

कपिलवस्तु- लकडाउनको मौका छोपी वनमा अवैध चोरी शिकारीमा संलग्न भएको आरोपमा कपिलवस्तुमा अवैध बन्दुकसहित एक शिकारी पक्राउ परेका छन् । शुक्रबार दिउँसो वाणगंगा न.पा २ अन्र्तगत मायादेवी साझेदारी वन क्षेत्र को पिपराव्लकको कम्पार्टमेन्ट नं ५ मा पर्ने वनभित्र विना इजाजत हातहतियारसहित वन्यजन्तु शिकार खेलीरहेको अवस्थामा आर्घाखाचीको सितगंगा नगरपालिकाका ३८ वर्षिय दिलबहादुर सिन्जापति पक्राउ परेका थिए ।

वन गस्ती टालिीले उनलाई भरुवा बन्दुक थान २ र बन्दुकमा प्रयोग हुने सामानसहित पक्रउ गरिएका सवडिभिजन वन कार्यालय, पिपराका सहायक वन अधिकृत खिलबहादुर तामाङले बताए । यसअघि पनि लकडाउनका बेला तिलौराकोट साझेदारी र मायादेबी साझेदारी वनबाट हतियार र अन्य समाग्रीसहित ६ जनालाई पक्राउ गरिएको थियो । पक्राउ परेका सिन्जापतिलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु सरक्षण ऐन अनुसार मुद्दा चलाईने कपिलवसतु डिभिजन वन कार्यालयका प्रमुख मदनमोहन र्सैन्ड्रील्यले बताए ।

यस्तै शुक्रबार बिहान वाणगंगा नगरपालिका १० अन्र्तगत मायादेवी साझेदारी वन क्षेत्रको मझौवा वन क्षेत्रभित्र सिसौ जातको रुख काटी ढाली टुक्राटुक्रा गरी चोरी निकासी गर्नका लागि लुकाई छिपाई राखेको अवस्थामा गोलिया थान ४ को २४.०२ घन फिट काठ वरामद गरीएको छ ।

प्रकाशित: १२ वैशाख २०७७ १५:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App