समाज

भारतीय क्वारेन्टाइनमा रहेका किरियापुत्रीको उद्वार

बैतडी- कोरोना नियन्त्रण समिति बैतडीले भारतीय क्वारेन्टाइनमा रहेका किरियापुत्रीलाई उद्वार गरेको छ । लकडाउनका कारण भारतको पिथौरागढमा रहेका पुर्चौडी नगरपालिका–३, न्वादेउका प्रेमसिंह धामी, रामसिंह धामी र अम्मरसिंह धामीलाई उद्वार गरी नेपाल ल्याएको हो ।

गत आइतबार बुवा उजले धामीको मृत्यु भएपछि तीनवटै भाई किरियामा बसेका थिए । पिथौरागढको गभमेन्ट इन्टरमेडियट कलेजमा क्वारेन्टाइनमा बसिरहेका उनीहरु लकडाउनले सीमा बन्द हुँदा घर आउन नसकेका हुन् । पाँच भाइमध्ये तीन भाई भारतमा मजदुरी गरी फर्किरहेका बेला लकडाउनपछि सीमामै रोकिएका पुर्चौडी नगरपालिका–३, का वडाध्यक्ष दलबहादुर धामीले बताए ।

भारतको उत्तराखण्ड पिथौरागढ जिल्ला अन्तर्गत विभिन्न स्थानका क्वारेन्टाइनमा एक हजार ८ सय ५० जना नेपाली मजदुर रहेको र किरियापुत्रीलाई मध्य नजर गर्दै सीमामा स्वास्थ्य चेकजाँच गरी उद्वार गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए ।

प्रकाशित: १० वैशाख २०७७ १४:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App