सर्लाही- सर्लाहीको परवानीपुरस्थित एक विद्यालयकाे आश्रयस्थलमा रहेका एक शिशुको मृत्यु भएको छ। लालबन्दी नगरपालिका–१५, परवानीपुर झल्ला चौडीस्थित विद्यालयमा परवानीपुर शीर फुलजोरका तारादेव वाईवाका ५ महिने छोराको मृत्यु भएको हो।
इँटा उद्योगमा काम गर्ने तारादेव र उनकी श्रीमती छोरासहित तीन दिनअघि गाउँ आएपछि उनीहरुलाई झल्ला चौडीमा रहेको विद्यालयमा स्थापना गरिएको अस्थायी आश्रयस्थलमा राखिएको थियो। उक्त परिवारको घर नभएकाले विचल्लीमा परेपछि नगरपालिकाले विद्यालयमा खाने व्यवस्थासहित आश्रय दिएको थियो।
शिशुको चिसोका कारण मृत्यु भएको आशंका गरिएको र अहिले थप जानकारी लिन आश्रयस्थलमा लालबन्दीबाट स्वास्थ्यकर्मीको टोली आएको लालबन्दी नगरपालिका १५ नंं वडाका वडाध्यक्ष गोरखबहादुर बलले जानकारी दिए।
प्रकाशित: १० वैशाख २०७७ ०३:५७ बुधबार