समाज

श्रीमतीको हत्या आरोपमा ताप्लेजुङमा एक जना पक्राउ

ताप्लेजुङ- आफ्नै श्रीमतीलाई कर्तब्य गरी मारेको अभियोगमा ताप्लेजुङले फुङ्लिङ नगरपालिका वडा नं ९ बुङ्कुलुङका एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पासाङ थुण्डुक शेर्पा रहेका छन्। उनी माथि मादक पदार्थ सेवन गरी ५२ वर्षिया श्रीमती मिङ्ला ल्हामु शेर्पालाई लात्ति र मुक्का प्रहार गरी हत्या गरेको अभियोग रहेको छ।

पक्राउ भएका पासाङ थुण्डुकलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए। मृतकको शव पोष्टमार्टमका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएको छ।

 

प्रकाशित: ५ वैशाख २०७७ ०७:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App