समाज

अमरगढीका एक स्थानीयले गरे वडा कार्यालयको राहत फिर्ता

डडेल्धुरा- अमरगढी नगरपालिका वडा नं. ५ एक स्थानीयले राहत फिर्ता गरेका छन्। राहत वितरणमा देखिएको बेथितिलाई दृष्टिगत गर्दै आफू त्यो स्थितिमा अहिले नै नआईसकेको भन्दै फिर्ता गरेका हुन। वडा नं. ५ ले वितरण गरेको राहत सामग्री कुपन वडा नं. ५ कै स्थानीय करुणाकर अवस्थीले सम्बन्धित वडालाई फिर्ता गरेका हुन।

म बेरोजगार जरुर छु। उनले भने, तर संकटको बेलामा राज्यलाई सहयोग गर्नु पर्ने अवस्था मेरो नभए पनि ब्रह्मलुटको शिकार बन्न चाहेको छैन।  

अहिले देशमा गम्भीर संकट छ। सकेसम्म हामी घरकै खाद्यान्नबाट काम चलाउँछौं। महिना दिनसम्म खान पनि पुग्ने हुँदा हुँदै किन सूचिमा पर्ने? भन्दै आफूले वडा सचिव उषा पन्थीलाई कुपन फिर्ता गरेको बताए।

वडा सचिव पन्थीले पनि उनले ईमान्दारी पूर्वक राज्यलाई सहयोग गरेकोमा धन्यवाद दिँदै अहिले नेपाली नागरिकले बुझ्नु पर्ने यहि हो। भन्दै उनले खान लाउन पुग्नेहरुले पनि राहत लिएर देशदोहन गरिरहेका बेला उनको सन्देश प्रसंसनिय रहेको बताए।

अमरगढी नगरपालिका–५ ले दैनिक ज्यालादारी रुपमा काम गरि छाक टार्ने, निन्न वर्ग समुदाय परिवारलाई खाद्यान्न रहत वितरण गर्न स्थानीयलाई कुपन उपब्ध गराई जिल्ला सदरमुकाम तुफानडाडा, किर्तीपुर बजार क्षेत्रका विभिन्न पसलमा पठाउने गरेको छ।
 

प्रकाशित: ५ वैशाख २०७७ ०१:३४ शुक्रबार

राहत लकडाउन सामग्री