समाज

एलआरआईले सुदूरपश्चिममा पठायो चार लाख बराबरको भौतिक सामग्री

काठमाडौं– काठमाडौंको एक विद्यालयले कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा चार लाख रूपैयाँ बराबरको भौतिक सामग्री पठाएको छ।

कलंकीस्थित एलआरआई विद्यालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टमार्फत क्वारेन्टिनका लागि ५० बेड गरी अन्य भौतिक सामग्री पठाएको हो।

सुदूरपश्चिम प्रदेशमा क्वारेन्टिनमा रहनेका लागि सहज बनाउन बेडलगायत अन्य भौतिक सामग्री पठाइएको विद्यालयले जनाएको छ।

विद्यालयले यसअघि सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा एक लाख रूपैयाँ सहयोग गरेको थियो।

 

प्रकाशित: ३ वैशाख २०७७ १४:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App