समाज

रूखबाट लडेर बृद्धको मृत्यु

उदयपुर– जिल्लाको बेलाका नगरपालिका– ५ मा एक बृद्धको रूखबाट लडेर मृत्यु भएको छ। आईतबार विहान घाँस काट्ने क्रममा रूखबाट लडेर ७२ वर्षीय दलबहादुर राईको घट्नास्थलमै मृत्यु भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। 
विहान दश बजे जामुनको रुख चढेर घाँस काट्दै गरेका राई एक्कासी रुखबाट चिप्लेर लड्दा गम्भीर घाईते भएका थिए। लकडाउनका कारण तत्काल उपचार गर्न लान एम्बुलेन्स नपाएपछि बोकेर अस्पताल लान खोज्दाखोज्दै उनको मृत्यु भएको स्थानीयले बताएका छन्। 

जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले घट्नाबारे जानकारी आएसँगै विस्तृत जानकारीका लागि इलाका प्रहरी कार्यालय रामपुरबाट टोली खटाइएको बताए। सोमबार विहान गएको टोलीले घट्नाबारे बुझेर आवश्यक कानुनी प्रक्रिया पुरा गर्ने काम भईरहेको एसपी मगरले बताएका छन्। 

 

प्रकाशित: १ वैशाख २०७७ ०८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App