समाज

कोरोना राहत कोषबाट ५० लाख रुपैयाँ खर्च

जनकपुरधाम - प्रदेश २ मा संचालन गरिएको कोरोना नियन्त्रण तथा उपचारकोषको रकम क्वारेन्टाइन र आइशोलेसन वार्ड निर्माणमा खर्च सुरु गरेको छ।  प्रदेश सरकारको आह्वानमा विभिन्न संघ संस्था र व्यक्तिले आइतवारसम्म जम्मा गरेको १ करोड २० लाख रुपैँयामध्ये ५० लाख रुपैँया खर्च भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ।

‘सेना मार्फत  बन्दोबस्तीमा रकम खर्च भएको छ। अझै खर्च हुने क्रम जारी छ,’ लेखा अधिकृत नवीन दासले भने। उनका अनुसार कोषबाट खर्चिएकोमध्ये अधिकांस रकम  क्वारेन्टाइन निर्माणमा खर्च भएका छन्। प्रदेश २ मा ३ हजार २ सय ८५ बेड क्षमताको १ सय ६० वटा क्वारेन्टाइन निर्माण गरिएको छ। यस्तै २ सय २० बेड क्षमताको आइशोलेसन वार्ड निर्माण गरिएको समाजिक विकास मन्त्रालयले जनाएको छ।

 

प्रकाशित: ३० चैत्र २०७६ ११:५४ आइतबार

कोरोना_राहत_कोष खर्च