समाज

चट्याङ लागेर दुई जनाको मृत्यु

खोटाङ – चट्याङ पर्दा खोटाङमा दुई जनाको मृत्यु भएको छ।  शनिबार साँझ पानीसँगै परेको चट्याङले केपीलासगढी गाउँपालिका–१ फेदी तोमानेका पर्खजित राईको १५ वर्षीय छोरा राजमनी राई र छिमेकी ३८ वर्षीय निर्मला बिकको मृत्यु भएको हो। 

पर्खजितको घरमा परेको चट्याङले उनको छोरा राजमनी र निर्मलाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक आमोदकुमार खेरवारले बताए। 

चट्याङबाट निर्मलाको १४ वर्षीय छोरी मनकला बिक र ६ वर्षीय छोरा आसन बिक घाईते भएका छन्। उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेलतर्फ पठाइएको प्रहरीचौकी खार्ताम्छाले जनाएको छ। मनकलाको खुट्टामा र आसनको टाउको र घाँटीमा चोट लागेको प्रहरी निरिक्षक खेरवारले बताए।

प्रकाशित: ३० चैत्र २०७६ ०३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App