समाज

जिल्ला प्रवेश गर्ने नाकाको चेकजाँचमा कडाई गर्ने

खोटाङ– कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि खोटाङ प्रवेश गर्ने नाकामा चेकजाँचलाई कडाई गर्ने तयारी गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको शुक्रबार बसेको बैठकले बाहिरि जिल्लाबाट भित्रिने नाका–नाकामा कडाईका साथ चेकजाँच गर्ने निर्णय गरेको हो ।

विदेश तथा शहरबाट जिल्ला भित्रिने व्यक्तिबाट संक्रमण पनि भित्रिने खतरा भएकाले नाकाको चेकजाँचमा कडाई गर्नका लागि सम्बन्धित स्थानीय तहलाई आग्रह गर्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख एबं कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक बबी चाम्लिङले बताए ।

बैठकले नाकामा चेकजाँचका क्रममा भेटिएका हरेक व्यक्तिको नाम, ठेगाना, पालिका पहिचान गर्ने र सम्बन्धित पालिकासँगको समन्वयमा क्वारेन्टाइनमा अनिवार्य राख्ने व्यवस्थाका लागि पहल गर्ने निर्णय गरेको छ । यस्तै, क्वारेन्टाइनमा राखिएका व्यक्तिलाई १४ दिनपछि डाक्टर वा स्थानीय तहका स्वास्थ्य शाखा संयोजकको परामर्शमा मात्र छाड्ने व्यवस्था गर्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख एबं कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक चाम्लिङले बताए ।

यस्तै, ‘लकडाउन’को मारमा परेका सर्वसाधारणलाई वितरण गरिने खाद्य तथा राहतका सामग्री गृह–मन्त्रलयको निर्देशन अनुसार एकद्धार प्रणालीबाट वितरण गर्ने निर्णय गरिएको छ ।

प्रकाशित: २८ चैत्र २०७६ १०:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App