समाज

रीताको प्रश्न: ‘मन्त्री वा नेताका आफ्ना मान्छे मरेको भए के गर्थे?'

बुटवल —रुपन्देहीको सैनामैना ४ कि रिता थापाले पती गुमाएको १० दिन भयो।बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएका श्रीमानको शव अहिले पनि अस्पतालकै शव गृहमा छ। ६ र ७ बर्षका दुई छोराको साथमा रिता सैनामैना ४स्थित शिसौडाँडामा रहेको डेरामा छिन्।

नाबालक छोराहरुलाइ बाबा भगवान कहाँ गएको भनेर सम्झाएकी छन्। तर आफनै मनलाई सम्झाउन सकेकी छैनन। ‘मेरा श्रीमान अस्पतालको शव गृहमा हुनुहुन्छ भन्ने सम्झेर भाउन्न छुट्छ। निको भएर आउछु भन्दै एक्लै रिक्सा चढेर अस्पताल जानु भएका श्रीमानको अनुहार झल्झली सम्झन्छु’ रिताले भक्कानिदै भनिन्।

 उपचार नपाएरै आफना श्रीमानले ज्यान गुमाउनु परेको  दावी गर्दै आएकी रिताले उही प्रश्न दोहोरयाइन् ‘उपचारका लागि गएका मेरा श्रीमानलाई अस्पतालले निको गराउनुको साटो किन मृत्युको मुखमा पुरयायो?’।

 तर सम्बन्धित पक्षबाट अहिलेसम्म उनको प्रश्नको सम्बोधन भएको छैन। श्रीमानको मृत्युको कारण अस्पतालले बताउनु पर्ने अडानमा रीता छन्।जसका कारण बाबुरामको शव दश दिनदेखि लुम्बिनी प्रादेसिक अस्पतालको शव गृहमा छ। 

बाबुरामका आफन्तले मृत्युको कारण स्पष्ट हुनु पर्ने मागसहित उचित राहतको माग गरेका छन्। तर प्रदेशको अस्थाइ मुकाममै दश दिनसम्म मृत्तकको शव नउठदा अस्पताल प्रशासन, स्थानीय सरकार र प्रदेश सरकारले कुनै चासो नदिएको रिताका दाजु कमल टण्डनको गुनासो छ। बिभिन्न राजनीतिक दलहरुले शब उठाउने बातावरण बनाउन प्रदेश सरकारलाइ ध्यानाकर्षण गराउदा उल्दै लाशमाथि राजनीति गरेको भन्ने आरोप लगाइएको रुपन्देहीका सांसद रमा अर्यालले बताइन्।

 केही दिनअघि प्रतिपक्ष दलका सांसदहरुले मुख्य मन्त्रीलाइ शव उठाउने बातावरण बनाउन ध्यानाकर्षण गराएका थिए। सोही सम्बन्धमा मंगलबार मुख्यमन्त्रीसंग भएको बार्ता सफल नभएको साँसदहरुले बताए।  मुख्यमन्त्री शंकर पोखरेलले तत्कालिन अवस्थामा प्रदेशले राहत रकम क्षतिपुर्ती दिन नसक्ने प्रतिक्रिया दिएको सांसदअर्यालले बताइन्।

 अस्पतालको लापरबाहीले श्रीमानको मृत्यु भएको भन्दै श्रीमतीले न्यायको याचना गरीरहदा प्रदेश सरकारले मानवीय संवेदना समेत देखाउन नसकेको रुपन्देहीका अर्का सांसद फकरुद्धिन खाँनले बताए।
 
‘३०÷३१ बर्षको उमेरमा मेरो सिउदोको सिन्दुर पुछियो। ६ र ७ बर्षका छोराहरुले बाबा गुमाए। हाम्रो संसार उजाडीयो।यसको अर्थ बुझछन की बुझदैनन ती सरकारी मान्छेहरुले’ नागरिकसंगको कुराकानीमा रीताले भनिन्। आफू जस्ता सामान्य मानिसहरु अन्यायमा पर्दा सरकारी पक्षबाट कसैले सहानुभूतिसम्म नदिएको गुनासो रीताको छ। ‘मेरो श्रीमानको ठाँउमा मन्त्री नेताका आफना मान्छे मरेको भए के गर्थे ? के मेरो श्रीमानलाइ जस्तै बेबारिसे बनाएर मुर्दा घरमा फलिन्थ्यो ? रीताले प्रश्न गरिन्।

 कोरोनाको नाममा सामान्य ज्वरो आएर अस्पताल गएका श्रीमानलाइ उपचारै नगर्दा ज्यान गएको उनले सुरुदेखि दावी गर्दै आएकी छन्। ‘जाँदा एक्लै रिक्सा चढेर हासीहाँसी जानु भएको हो। अस्पताल गएपछि मलाइ जाँच्न कोही आएका छैनन्। कोही नजिक पर्दैनन्। ज्वरो नाप्ने थर्मोमिटर दिएका छन्। आफै नापेर टिपाउनु पर्छ भनेर फोनबाटै गुनासो गरिरहनुहुन्थ्यो’ रिताले भनिन्। 

खाना पानी पनि ढोकैबाट हुत्याइदिने गरेको गुनासो श्रीमानले फोनबाटै गरेको रिताले बताइन्। सरकारी अस्पतालकै एक जना डाक्टरले पनि कोरोनाको बहानामा चार दिन सम्म रोगको निदानै नगरी राख्नु चरम लापरबाही भएको बताउछन्। 
केही साँसदले र अस्पतालबाट शव लिन आउन भने पनि न्यायका पक्षका कुनै वास्ता नगरिएको रिताको गुनासो छ। दश दिनसम्म शव नउठेपछि पाल्पाली  समाजको नेतृत्वमा शव उठाउने बातावरण बनाई पीडितलाइ क्षतिप्रर्ति दिलाउने पहल भइरहेको तत्कालिन संविधान सभा सदस्य बिनोद पहाडीले बताए।

पाल्पाको रिब्दीकोट गाँउपालिकाबाट बाबुरामको परिवारकेही वर्ष यता सैनामैना नगरपालिका ४ को शिशौडाँडामा डेरा गरी बस्थे। बिगत पाँच बर्षदेखि दुवइमा ट्याक्सी चालकको काम गर्ने बाबुराम चैत ६ गते काठमाण्डौ ओर्लीएका हुन्। 

अर्को दिन सैनामैनास्थित डेरामा आए। आउदादेखि नै उनलाई सामान्य ज्वरो आएको रिताले बताइन्। ज्वरो नबसेपछि उनी स्थानीय एक क्लिनीकमा जचाँए। रगत जाँच्दा टाइफाइड देखिएपछि औषधी खाइरहेको रीताले बताइन्। तर ज्वरो बसेन। 

 छिमेकी र स्थानीय तहका जनप्रतिनिधिले एक पटक कोरोनाको टेष्ट गर्न सुझाएपछि बाबुराम चैत १३ गते बुटवलको कोरोना विशेष अस्थाइ अस्पताल पुगे। त्यसपछि उनलाइ बुटवलकै लुम्बिनी  प्रादेसिक अस्पतालमा चेक गरी कोराना अस्पतालमा भर्ना गरीएको अस्पतालका डाक्टर सुदर्शन थापाले बताएका थिए।
 
चैत १३ गते अस्पाल भर्ना गरीएका थापालाइ  चार दिनसम्म कोरोना टेष्ट नगरी राखियो। १६ गते बिहान एकाएक थापालाई स्वासप्रस्वासको समस्याले च्यापेपछि  स्वाव निकाली परीक्षणका लागि काठमान्डौ पठाइयो। अघिल्लो दिन चैत १५ गते साँझ बाबुरामले तातो पानी खान नपाएको, निकै पिरो भएकाले खाना थोरै मात्रै खाएको भन्दै अस्पालमा उपचार राम्रो नभएको गुनासो गरेका थिए।

१६ गते बिहान फोन गर्दा उनी कहराएको सुनेपछि रिता अस्पताल पुगिन्। अस्पतालका डाक्टरले पहिले काठमाण्डौ पठाउने तयारी भएको भनेपनि दिउँसो १ बजेतिर मृत्युको खबर सुनाएका थिए। स्वाब निकालेकै दिन दिउसँो थापाको मृत्यु भएको हो।अर्को दिन नमुना परीक्षणको रिर्पोटमा कोरोना नेगेटिभ देखियो। 

दुइ पटक गरिएको परीक्षणबाट उनमा कोरोना थिएन भन्ने पुष्टि भयो। तर अस्पतालकै डाक्टरहरुले भने सत प्रतिशत ग्यारेन्टि नभएको भन्दै बिबादित भनाइ राखे। कोरोना अस्पतालमा मृत्यु भएपछि र डाक्टरले समेत बिबादास्पद टिप्पणी गरेपछि उनका आफन्त समेत झस्किए।

 रितासंग अस्पतालकै डाक्टर नर्स समेत नजिक परेनन्। स्थानीय जनप्रतिनिधि,आफन्त, छिमेकी पनि डराए। रिताले त्यतीबेला आफुले भोग्नु परेको मानसीक पीडा व्यक्त गर्ने शब्दै नभएको बताउछिन्। मैले श्रीमान मात्रै गुमाइन् अस्पतालकै कारण दोहोरो मानसीक पीडा पनि भोगे।

 ‘तर अहिले सरकारी मान्छेहरुले पैसा मागेर लाश नउठाएको भन्ने आरोप लगाएका छन भन्ने पनि सुनेकी छु जुन कुराले मलाइ झन् बढी पीडा थपेको छ’ रीताले गुनासो गरिन्। 

रिताका अनुसार तराइमा सानो टुक्रा जग्गा किनेको भएपनि त्यसको ऋण तीर्न बाँकी नै छ। श्रीमान बितेको पीडासगै दुई छोराको पालन पोषण र ऋण तीर्ने  जिम्मेवारी रिताकै काँधमा आएको छ।

प्रकाशित: २६ चैत्र २०७६ ०३:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App