समाज

पाँचथरमा ‘फूड बैँक’

पाँचथर– लकडाउनका कारण प्रभावित हुने परिवारलाई राहतको रुपमा खाद्यान्न सहयोग गर्ने गरी पाँचथर उद्योग बाणिज्य संघले ‘फुड बैँक’ अभियान अगाडी बढाएको छ। उक्त अभियान मार्फत खाद्यान्न तथा नगद जम्मा हुने क्रम बढिरहेको छ।

शुक्रबारबाट सुरु गरिएको फुड बैँकमा मंगलबारसम्म ६ हजार ९ सय ५५ केजी चामल जम्मा भएको छ। संघले दिएको जानकारी अनुसार हालसम्म २ लाख ३५ हजार २ सय ९० रुपैयाँ नगदसमेत जम्मा भएको छ। यस्तै, २ सय केजी नुन, २ सय लिटर तेल, २ सय ५० केजी दाल, ३५ कार्टुन चाउचाउ जम्मा भएको संघका कार्यकारी अधिकृत भिम कार्कीले जानकारी दिए।

व्यापारी, व्यवसायीका, वित्तिय संस्था साथै सर्वसाधारणले समेत फूड बैँकमा सहयोग गरीरहेका छन्। संकलित खाद्यान्न राहतका लागि स्थानीय तहलाई हस्तान्तरण गरीने बताइएको छ। संकलित रकमको पनि खाद्यान्न नै प्रदान गर्ने जानकारी दिइएको छ। बाणिज्य संघले स्वेच्छिक रुपमा फूड बैँकमा खाद्यान्न तथा नगद जम्मा गर्नका लागि आव्हान गरेको थियो।

प्रकाशित: २५ चैत्र २०७६ १२:०४ मंगलबार

फूड_बैँक लकडाउन राहत