समाज

चट्याङ लागेर धादिङमा एक जनाको मृत्यु

धादिङ - धादिङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। उत्तरी जिल्लाको खनियाबास गाउँपालिका वडा नं २ गोरगाङमा बुधबार लागेको चट्याङले ४२ वर्षीय रामसिंह तामाङको मृत्यु भएको प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए।

आफ्नै घरमा बसिरहेका बेला तामाङलाई हावाहुरीसहित आएको चट्याङ लागेको हो।  चट्याङ लागेर खनियाबास गाउँपालिका वडा नं २ थलीटोलमा पार्वती तामाङ र मनकुमारी तामाङ घाईते भएका छन्। घाइतेहरुको स्थानिय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ।

प्रकाशित: २० चैत्र २०७६ ०२:३९ बिहीबार

चट्याङ मृत्यु