समाज

एकै दिन साढे १२ लाख जम्मा

जम्मा भएको रकमको चेक लिँदै आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी । तस्बिरः नागरिक

वीरेन्द्रनगर- कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद व्यवस्थापन कोषमा रकम संलकन भइरहेको छ। सोमबार उक्त कोषमा १२ लाख ५० हजार रूपैयाँ जम्मा भएको छ।

सोमबार सिटीजन बैंकले सात लाख, सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतले दुई लाख, नेपाल मगर संघ जिल्ला समन्वय समिति सुर्खेतले दुई लाख, सिद्धार्थ सञ्चार सहकारी संस्था (सुनगाभा टेलिभिजन) सुर्खेतले ७५ हजार, लगनशील महिला लघुउद्यमी सहकारी संस्था सुर्खेतले ५० हजार र सिद्धार्थ नेशनल एकेडेमिले २५ हजार रकम जम्मा गरेका छन्। सहयोग बैंक तथा संस्थाले आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए।

 

प्रकाशित: १७ चैत्र २०७६ १०:५१ सोमबार

प्रदेश_विपद_व्यवस्थापन_कोष कोरोना कोभिड–१९