समाज

दुई महिनाको घरभाडा छुट

दुई महिनाको घरभाडा छुट गर्ने भक्तपुरका चन्द्रकुमार राई । तस्बिर : नागरिक

खोटाङ– भक्तपुरका चन्द्रकुमार राईले दुई महिनाको घरभाडा छुट गर्ने घोषणा गरेका छन्। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलने त्रास बढिरहेका बेला खोटाङ पुर्खौली थलो भएका राईले चैत र बैसाख महिनाको घर भाडा छुट गर्ने घोषणा गरेका हुन्।

कोरोनाको सन्त्रासले विश्व नै आतंकित भइरहेको बेला ‘एक मानवले अर्का मानवलाई सहयोग गर्नु’ मानवीय दायित्व भएको भन्दै राईले आफ्नो घरको कोठा भाडामा लिएर बस्ने व्यक्तिलाई दुई महिनाको भाडा मिनाहा गरिदिएको बताएका छन्। समाजसेवाका क्षेत्रमा क्रियासिल राई किरात राई यायोक्खा भक्तपुरका उपाध्यक्ष समेत हुन्।
 

प्रकाशित: १५ चैत्र २०७६ ०८:०५ शनिबार

घरभाडा छुट कोभिड–१९