समाज

नदीमा बगेर एक युवक बेपत्ता

बैतडी- पौडी खेल्ने क्रममा महाकाली नदीमा बगेर बैतडीका एक युवक बेपत्ता भएका छन्। दशरथचन्द नगरपालिका–१० बुड्डाका २२ वर्षीय सौरभ चन्द बेपत्ता भएको प्रहरीले जनाएको छ। पिकनिक मनाउन साथीहरुसँग गएका युवक पौडी खेल्न भनि महाकाली नदी गएका र उनी बगेर बेपत्ता भएको स्थानीय उत्तम चन्दले बताए।

बिहीबार अपरान्ह बेपत्ता भएका युवकको शुक्रबार महाकाली नदीस्थित नन्तडी बगरमा जुत्ता र कपडा फेला परेको छ। बेपत्ता युवकको खोजी गर्न प्रहरी परिचालन गरिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले बताए।

प्रकाशित: १४ चैत्र २०७६ ०७:३४ शुक्रबार

नदी युवक_बेपत्ता