समाज

गुल्मभित्रै सशस्त्र प्रहरी जवानको शव झुण्डिएको अवस्थामा फेला

बारा- पथलैयामा रहेको राजश्व अनुसन्धान एकाई कार्यालयको सशस्त्र प्रहरी बल १७ नम्बर गुल्म राजश्व चुहावट नियन्त्रणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको शव ब्यारेकभित्रै झुण्डिएको अवस्थामा फेला परेको छ।

जीतपुरसिमरा उपमहानगरपालिका-२ नरबस्ती घर भएका २७ वर्षीय बिमल भण्डारीको शव ब्यारेकभित्र रहेको सुरक्षा पोष्टमा झुण्डिएको अवस्थामा फेला परेको गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक हरीनारायण श्रेष्ठले बताएका छन्।
भण्डारीको बारेमा अनुसन्धान गर्दा राति १० बजेसम्म राजमार्गको डिउटीमा खटिएको र  डिउटी सकेर ब्यारेक पसेका उनी रातिको समयमा झुण्डिएर आत्महत्या गरेको हुन सकिने आशंका रहेको श्रेष्ठले बताए।

सात वर्षअघि सशस्त्र प्रहरीको सेवामा प्रवेश गरेका भण्डारी बिगत एक वर्षदेखि गुल्म राजश्व चुहावट नियन्त्रणमा कार्यरत रहेको श्रेष्ठले बताए।

गुल्म राजश्व चुहावट नियन्त्रणमा कार्यरत झुण्डिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी जवानको परिवारले बैशाखमा विवाह गर्ने तयारी समेत थाले प्ररम्भिक अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरिक्षक  गोविन्द पुरीले बताएका छन्।

भण्डारीको शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको र आत्महत्या गरेका बारे बुझ्ने कार्य सुरु गरिएको पुरीले बताए।

 

प्रकाशित: ७ चैत्र २०७६ १३:०२ शुक्रबार

सशस्त्र_प्रहरी_जवान शव फेला