समाज

सातौँ ढाँढण महोत्सव सम्पन्न

काठमाडौं – सातौँ ढाँढण महोत्सव नेपालमा सम्पन्न भएको छ। महोत्सव समिति कलकत्ता भारत र महोत्सव समिति नेपालद्वारा आयोजना गरिएको उक्त महोत्सव मंगलबार पशुपतिनाथको दर्शन गरी बुधबार सोल्टी व्याङक्वीटमा भजन कृतन, चण्डनी, गजरा, उत्सव, मंगलपाठ तिर्थदर्शन गरेर सम्पन्न भएको आयोजकले जानकारी दिएको छ।

भारतको राजस्थानमा भएको ढाँढण देवीको मुर्तिलाई पूजा गर्ने माध्यमका रूपमा लिइने अखिल भारतिय ढाँढस महोत्सव समिति कलकत्ताका अध्यक्ष शिवजी बजाजले बताए। महोत्सवमा दादीजीका प्रचारप्रसार र तिर्थस्थलको दर्शन गरिन्छ,’ ‘उनले भने, ‘मार्च महिनामा अग्नीको रूपमा पूजा गर्ने हिन्दूको महान चाड हो।’ भारतको राजस्थानको ढाँढण गाउँमा प्राचिन शक्तिको मन्दिर स्थापना गरि ढाँढण देवीको पूजा गर्दै आएको जानकारी ढाँढण दादी परिवार नेपालका नारायण बजाजले बताए।

भारतका विभिन्न सहरहरूबाट ४ सयभन्दा बढी भक्तजन पुशुपतिनाथ मन्दिरको दर्श गर्नका लागि नेपाल आएका छन्। सातौँ पटक मनाइएको र नेपालमा पहिलो पटक उक्त महोत्सव सञ्चालन भएको बजाजको भनाइ छ। यसलाई चनडी महोत्सवका रूपमा समेत लिन सकिने उनी बताउँछन्। देवीका रूपमा चनडी देवीको पूजा र प्रचार प्रसार गर्न बर्सेनी फरक फरक देशमा पूजा गर्न प्रचलन रहेको आयोजकको भनाइ छ। हिन्दू धर्म अन्तर्गतको भजन कृतनमा सामाजिक धार्मिक रूपमा रहेका सांस्कृतिक सम्पदा र पौराणीक सनातन धर्मको संरक्षण गर्दै आएको बजाजको भनाइ छ। भजनका लागि भारतका विभिन्न स्थानबाट कलाकारहरू आएका थिए।

प्रकाशित: ६ चैत्र २०७६ ०३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App