समाज

अस्पतालको क्षमता मुल्याङ्कन गर्न कृतिम दुर्घटना अभ्यास

बिपी राजमार्ग सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित रातमाटा घुम्तिमा बाग्मती प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयबाट कृतिम घट्ना अभ्यास गरिदै। तस्विरः अनिल भण्डारी/नागरिक

सिन्धुली - विपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका वडा नं. ६ रातामाटा घुम्तिमा दुईओटा सवारी ठोक्किएर दुर्घट्ना ग्रस्त थियो। दुर्घट्नामा १४ जना घाइते भएका थिए। वा १९ च १६७५ नम्बरको डबल क्यापको जिप र विपरित दिशाबाट आएको प्रदेश नं. ३–०१०२च २७९५ नम्बरको अर्को जिप ठोक्कियो।

गाडी ठोक्किएर दुर्घट्ना भएसँगै यात्रुहरु सडकमा पछारिएका थिए । गाडीको आसपास र सडकको दायाबाया यत्रतत्र विरामी छरपस्ट थिए। कोहि चिस्याउदै त कोही गुहार माग्दै थिए। देख्ने सबैलाई लाग्यो यहाँ ठूलो दुर्घट्ना भयो।  तत्कालै घट्नास्थल पुगेका ट्राफिक असई कुशहरी भण्डारीले एम्बुलेन्स बोलाए। रेडक्रसका पाँच ओटा एम्बुलेन्सले विरामीलाई अस्पताल पु-याए।

अस्पताल पु-याएपछि उनिहरुलाई घाइतेको प्रकृति अनुसारको उपचार हुन्छ। यो घट्ना यर्थाथ नभई दुर्घट्नाको अभ्यास भएको थियो। बाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य निर्देशनालयले जिल्ला अस्पतालको क्षमता जाँच्नका लागि यस्तो कृतिम घट्ना अभ्यास गराएको हो।

तर कृतिम घट्ना अभ्यास केहि सिमित प्रहरी तथा रेडक्रस कर्मी र अस्पतालका प्रमुख बाहेक अन्य उपचारमा खटिने चिकित्सकलाई समेत जानकारी गराइएको थिएन। विरामी अस्पताल पुगेलगत्तै अस्पतालका मेडिकल सुपरिडेन्डेन डा. लक्ष्मण खड्का सहितको स्वास्थ्यकर्मीको टोलीले एमर्रजेन्सी कक्षमा राखेर उपचार गर्न  खटिए। एम्बुलेन्सबाट विरामी झिक्ने, विरामीको वर्गिकरण गर्ने र रातो, हरियो, पहेंलो रिवन विरामीको हातमा बाँध्दै विरामीलाई वर्गिकरण अनुसार आपतकालिन कक्षहरुमा पु¥याइयो। दुर्घटनाका घाइतेहरु कसैको टाउकोमा चोट कसैको हात खुट्टा भाँचिएको,े छातीमा चोट लागेको जस्तो अभ्यास गरिरहेका थिए।

विपी राजमार्गमा दैनिक दुर्घटना हुने र उक्त दुर्घटनाको दर बढीरहेको बेला घटना व्यवस्थापन तथा उपचारमा स्थानीय अस्पतालको क्षमताको मुल्यांकन गर्न यो अभ्यास गरिएको बाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। अभ्यास प्रश्चात दुर्घट्नाबाट घाइते भएको अभ्यासमा संलग्न घाइतेले सिन्धुली अस्पतालको सेवाको सन्र्दभमा प्रभावकारी रहेको पाइएको जनाएका थिए।

घाइतेको अभ्यास गरेका नविन श्रेष्ठले आफुले तत्कालै उपचार पाएको बताए। कृतिम घट्ना अभ्यास जस्तै बास्तबिक दुर्घट्नामा पनि सिन्धुली अस्पतालले सेवा पु¥याउन सके सिन्धुली अस्पतालको सेवा प्रभावकारी रहने बताए।

अस्पतालको मानवीय, भौतिक तथा उपकरणीय क्षमता र सम्भावित दुर्घटनालाई हेरेर पहिलो पटक सिन्धुलीमा कृतिम अभ्यास गरिएको बाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयका डा. अर्जुन सापकोटाले जनाए। उनले जिल्ला अस्पतालको सेवा चित्तबुझ्दो रहेको बताए। हामीले सडक दुर्घट्नाबाट एकै पटक धेरै घाइते हुने अवस्थामा सिन्धुली अस्पतालको व्यवस्थापकिय पक्ष कस्तो रहेछ भन्ने सन्र्दभमा कृतिम घट्ना अभ्यास गराई अस्पतालको क्षमता मुल्याङकन गरेका हौ, उनले भने, अस्पतालको धेरै पक्ष राम्रो छ।

अझै केहि व्यवस्थापन गर्न बाकी रहेको देखियो, उनले भने।  सिन्धुली अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. लक्ष्मण खड्काका अनुसार अस्पतालले प्रकोप व्यवस्थापन योजना बनाएको बताए। उनले उक्त योजना कार्तिकमा बनाईएको तर केहि परिमार्जन गरेर लागु गरिने जनाए । कृतिम घट्ना अभ्यासमा सहजीकरण गरेको नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति असोक श्रेष्ठले अस्पतालको अस्पतालको व्यवस्थापन र क्षमता थपिदै गएको र थप व्यवस्थापनमा रेडक्रसको तर्फबाट गर्न सक्ने सहयोग समेत गर्ने जनाए।

बाग्मती प्रदेश सरकारले कृतिम घट्ना अभ्यास प्रदेशका ८ वटा अस्पतालमा गर्ने जनाएको छ।  निर्देशनालयले धादिङ अस्पताल धादिङ, त्रिशुली अस्पताल नुवाकोट, चौतारा अस्पताल सिन्धुपाल्चोक, हेटौडा अस्पताल मकवानपुर, रामेछाप जिल्ला अस्पताल, वगौडा अस्पताल चितवन र रत्ननगर अस्पताल टाँडी चितवनमा यस्ता अभ्यास गर्ने छ।

प्रकाशित: ३ चैत्र २०७६ १३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App