समाज

भक्तपुरमा टिपरले लियो १८ महिने बालकको ज्यान

भक्तपुर - भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं ९ स्थित जय ब्रम्हायणी ईट्टाभट्टामा माटो बोक्ने टिपरले शनिबार बिहान सोही इटाभटामा काम गर्ने एक मजदुरको १८ महिने बालकलाई ठक्कर दिंदा मृत्यु भएको छ। बा ५ ख ७९७१ नम्बरको मिनी टिपरले सर्लाही जिरायल घर भई हाल सोही इटाभटामा काम गर्ने बर्ष १९ को ईश्वर मोक्तानको छोरा १८ महिनाको शिशिर मोक्तानलाई ठक्कर दिई मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते भएको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली खटी गई घाइतेलाई मध्यपुर अस्पताल पुयाउने क्रममा मृत्यु भएको भनी सम्बन्धित चिकित्सकले घोषणा गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत दीपक गिरीले बताए। सवारी साधन र सवारी चालक भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं ९ च्यामासिंह बस्ने बर्ष ४० को श्याम फैजुलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १ चैत्र २०७६ ०६:०५ शनिबार

दुर्घटना