समाज

पूर्व मन्त्री शेर्माको निधन

पाँचथर- सादगी नेताको परिचय बनाएका पूर्व स्थानीय विकास मन्त्री तथा नेपाली कांग्रेसका नेता पूर्णकुमार शेर्माको ७६ वर्षको उमेरमा निधन भएको छ। बुधबार दिउँसो काठमाडौँको निदान अस्पतालमा निधन भएको हो।

उपचारको क्रममा शेर्माको निधन भएको हो। निदान अस्पतालमा शुक्रबारदेखि आईसियूमा शेर्माको उपचार भईरहेको थियो। मिर्गौंलामा समस्यादेखि पछि केहि वर्ष यता उनी काठमाडौँमा रहेर उपचार गराई रहेका थिए। पाँचथरको मिक्लाजुङ गाउँपालिकाको सराङडाँडमा २००० साल असोज १३ गते उनको जन्म भएको थियो। स्वास्थ्य उपचारको क्रममा काठमाडौँ बस्दै आएका थिए।

नेपाली कांग्रेसमा दुई पटक केन्द्रीय सदस्य, दुई पटक जिल्ला सभापति बनेका उनी स्थानीय विकास मन्त्रीसमेत बनेका थिए। उनी २०६४ सालमा संविधान सभा निर्वाचित पनि भएका थिए। २२ महिना स्थानीय विकास मन्त्री भएका उनी यसअघि राष्ट्रिय सभा सदस्य समेत भएका थिए।

 

प्रकाशित: २८ फाल्गुन २०७६ १३:१२ बुधबार

पूर्व_मन्त्री निधन