समाज

कोरोनाविरुद्ध सर्वाेच्चमा विशेष सतर्कता

काठमाडौं – कोरोनाको संक्रमण रोक्न सतर्कता अपनाउन सरकारलाई आदेश गरेको दुई दिनपछि सर्वाेच्च अदालतले पनि विशेष सतर्कता अपनाएको छ। सर्वाेच्च अदालतका १० वटै इजलासमा कानुन व्यवसायी र मुद्दाका पक्षबाट हुनसक्ने संक्रमणबाट बच्न न्यायाधीशको इजलास र कानुन व्यवसायीको प्रतितिनिधित्वमा समेत विशेष सतर्कता अपनाएको हो। सबै इजलासमा कानुन व्यवसायीको बहस गर्ने डायस र इजलासको दूरी २० मिटर पर धकेलिएको छ। पहिला यस्तो दूरी पाुच मिटरको हाराहारीमा थियो।

‘श्रीमान्हरूले संकमणको लागि विशेष ध्यान दिनुभएको छ,’ सर्वाेच्च अदालतका एक उच्च पदस्थ कर्मचारीले नागरिकलाई जानकारी दिए। ‘सबै इजलासलाई व्यवस्थापन गरिएको छ। कानुन व्यवसायी र मुद्दाका पक्षलाई समेत इजलासमा निकै ठूलो दूरि कायम गरिएको छ भने धेरै मुद्दाका पक्ष एकैचोटी भीडभाड गर्नेगरी एकैपटक इजलासमा उपस्थित हुन नपाउने व्यवस्था गरिएको छ।’

सर्वाेच्च अदालतमा मंगलबारसम्म पनि पुरानै व्यवस्थापन थियो तर मंगलबार राति नै १० वटै इजलासमा एकै ढंगले न्यायाधीश र कानुन व्यवसायीबीचको दूरी २५ मिटरको फरक हुनेगरी व्यवस्था गरिएको छ।

प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले नेतृत्व गर्ने पूर्ण इजलासदेखि लिएर दसौं नम्बरको इजलाससम्म समान ढंगले नया दूरी कायम रहनेगरी व्यवस्थापन गरिएको छ। केही कानुन व्यवसायीले आफूहरूलाई अपमानित ढंगले मुद्दाका पक्ष उपस्थित हुने स्थानसम्म पुग्ने गरी धकेलिएको भन्दै आक्रोश व्यक्त गरे पनि अप्ठ्यारो अवस्थामा भएको व्यवस्थापनलाई बुझ्न सक्नुपर्ने वरिष्ठ अधिवक्ताहरूले प्रतिक्रिया दिएका छन्।

दुईदिन अघि इजलासमै मास्क लगाएर न्यायाधीशहरु बस्न खोज्दा विरोध आएपछि सर्वाेच्च नेतृत्वले नयाु व्यवस्थापन गरेको कर्मचारीहरुले बुझाइ छ। ‘कर्मचारी र न्यायाधीशमा यो स्तरको विभेद छ,’ एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताए, ‘हामी पनि अदालतकै कर्मचारी हौं। तर हामी त छिनछिनमा सेवाग्राहीसँगै टाुस्सिएर काम गर्नुपर्छ। न्यायाधीशले भने यो स्तरको सुरक्षा खोज्दा हामीलाई भने गम्भीर वेवास्ता गरिएको छ।’

आफूहरू जतिसुकै सुरक्षित हुन खोजेपछि ड्राइभर र सहयोगी कर्मचारीलाई सुरक्षाको अनुभूति नभएसम्म न्यायाधीशहरू पनि सुरक्षित हुन नसक्ने बताउुदै न्यायाधीश, कर्मचारी र कानुन व्यवसायीबीच बराबरीको व्यावहार गर्नुपर्ने अन्यथा अदालतमा कोरोनाको त्रास नहटेसम्म विदा गर्नसमेत नेतृत्व तयार रहनुपर्ने केही कर्मचारीले बताएका छन्।

प्रकाशित: २२ फाल्गुन २०७६ ०१:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App