समाज

बसन्तपुरमा चीर ठड्याइयो

काठमाडौं - रंगहरुको पर्व फागूपूर्णिमा(होली) सुरु भएको संकेत दिन काठमाडौंको वसन्तपुरमा विधिवत रुपमा चीर ठड्याइएको छ। नेपाल पञ्चांग निर्णायक समितिले निर्धारण गरेको साइत अनुसार मंगलबार बिहान ७ बजेर ५७ मिनेटमा चीर ठड्याइएको हो।

हनुमानढोका दरबारको मूलद्धार अगाडि रंगीचंगी कपडाले सिंगारिएको चीर गाडिएपछि देशभर होली पर्व सुरु भएको मानिन्छ। चीर ठड्याइदा हनुमानढोका गुरुजूको पल्टनले हर्ष बढाँई समेत गरेको थियो।

वसन्त ऋतुको सुरुवातसँगै मनाइने यो पर्व यस वर्ष पहाडी जिल्लाहरुमा फागुन २६ गते र तराइका जिल्लाहरुमा फागुन २७ गते मनाइदै छ। आपसी मैत्री एवं सद्ध्भावपूर्वक खेलिने यो पर्वमा रंगीबिरंगी रंग दलेर खुसीयाली मनाउँदै एकआपसमा शुभकामना आदानप्रदान गरिन्छ।

आज ठड्याइएको चीरलाई पूर्णिमाको रातमा ढालेर टुँडिखेलमा पु¥याई दाह गरेपछि होली समाप्त हुन्छ भने त्यसको भोलिपल्टदेखि वसन्त ऋतुको सुरुवात हुन्छ।

प्रकाशित: २० फाल्गुन २०७६ ०६:२७ मंगलबार

फागूपूर्णिमा होली