समाज

लाठी प्रहार गर्ने प्रहरीमाथि कारबाही सुरु

काठमाडौं – भैंसेपाटीमा एक महिलामाथि लाठी प्रहार गर्ने प्रहरी निरीक्षक देवीप्रसाद पौडलेमाथि कारबाही पक्रिया सुरु भएको छ। भैसेपाटी प्रहरी प्रभाग इन्चार्जका रूपमा रहेका पौडेललाई शनिबार परिसर बोलाएर कारबाही थालिएको हो।

बच्चा बोकेर अन्य महिलासँग पूर्वजर्नेल हेम खत्रीको घरमा पुगेकी हेमा श्रेष्ठलाई बिहीबार पौडेलले नीलडाम हुनेगरी लाठी प्रहार गरेका थिए। लाठी प्रहार गरेको भिडियो बाहिरिएपछि पौडेलमाथि आलोचना सुरु भएको थियो। त्यसबारे महानगरीय प्रहरी परिसर ललितपुरले तत्काल छानबिन गर्ने बताएको थियो। परिसरका एसएसपी टेकप्रसाद राईले पौडेललाई परिसर तानेर कारबाही सुरु गरिएको बताए। उनका अनुसार भैंसेपाटी प्रहरी प्रभाग इन्चार्जका रूपमा सुजितकुमार ओझालाई पठाइएको छ। केही वर्षअघि विवादमा परी निलम्बित पूर्वजर्नेल खत्रीको घरमा बिहीबार दिउँसो माला शाह, रूपा घिसिङ, शोभा खड्का, गोमा केसीलगायतसँग हेमा पनि पुगेकी थिइन्। उनीहरूले मालासँग पूर्वजर्नेल खत्रीको प्रेम सम्बन्ध र आर्थिक लेनदेन रहेको प्रहरीलाई बताएका थिए।

प्रकाशित: १९ फाल्गुन २०७६ ०४:१० सोमबार

प्रहरी कारबाही