समाज

चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

बारा - तीनवटा चोरीको मोटरसाइकलसहित एक जनालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ। चोरीको मोटरसाइकल खरिद बिक्री आरोपमा कोल्हवि नगरपालिका ६ का नारायण चौधरीलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ। चोरीको मोटरसाइकल खरिद बिक्रि हुँदै गर्दा कोल्हवि नगरपालिका ६ बाट प्रहरीले मोटरसाइकलसहित चौधरीलाई   नियन्त्रणमा लिएको बारा प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए।

बिभिन्न स्थानबाट चोरी गरी ल्याएको मोटरसाइकलहरु खरिद बिक्री हुँदै गर्दा सूचनाको अधारमा प्रहरीले कारवाही गर्दा चोर गिरोहका सदस्य समेत गहेको चौधरी र मोटरसाइकल बरामत गरिएको पंगेनीले बताए। पक्राउ परेका  चौधरीलाई चोरी मुद्दामा बारा जिल्ला अदालतबाट म्याद थप गरी  अनुसन्धान शुरु गरिएको पंगेनीले बताए।

अनुसन्धानको क्रममा चौधरीको अन्य साथीहरु मसेत मोटरसाईकल चोरी गर्ने कार्यमा सन्लगन रहेको र उनीहरुलाई समेत खोज्ने कार्य शुरु गरिएको उपरीक्षक पगेनीले बताए। बरामत गरिएको मोटरसाईक बा ३७ प ९६८१,ग १० प ९६०७ र ना ५२ प ४३८८ नम्बर प्लेट भएको  तीनबटै मोटर साईकलहरु बजार कम्पनीको रहेको उपरीक्षक पगेनीले बताए।

प्रकाशित: १२ फाल्गुन २०७६ १३:५३ सोमबार

पक्राउ चोरी