समाज

दोलखाको भिमेश्वर शिलामा पसिना, दर्शन गर्नेको भिड(फाेटाे फिचरसहित)

दोलखा - दोलखाको प्रसिद्द मन्दिर भिमेश्वर शिलामा पसिना आएको छ। बिहीबार बिहान साढे ६ बजेबाट सिलामा एक घण्टासम्म लगातार पसिना आएको हो। शिलामा पसिना आउनुलाई अनिष्टको सुचक मानिन्छ। मन्दिरको बायाँ पट्टीबाट  पसिना बग्न शुरु गरेको मन्दिरका टहलवा (पुजारी) काशीनारायण श्रेष्ठले बताए। शिलामा पसिना आएपछि यतिबेला मन्दिरमा दर्शनार्थीको भिड लागेको छ।

श्रेष्ठका अनुसार शिलाको दाहिने भागमा पसिना आउँदा राजखानदान वा सरकारलाई अशुभ हुने र देब्रे भागमा पसिना आउँदा जनातालाई अशुभ हुने जनविश्वास छ।

प्रकाशित: ८ फाल्गुन २०७६ ०७:१९ बिहीबार

भिमेश्वर_शिला पसिना