समाज

महायज्ञमा गएकी किशोरीमाथि सामूहिक बलात्कार

भैरहवा - रुपन्देहीको सम्मरीमाई गाउँपालिका ३ थुम्वामा सामूहिक बलात्कारको घटना भएको छ। आइतबार राति स्थानीय एक १६ वर्षीया किशोरीलाई तीन जना युवाहरुले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। पीडितले प्रहरीमा जाहेरी दिएपछि घटना बाहिर आएको हो।

गाउँमा महायज्ञ लागेको बेला राति करिब ११ वजे स्थानीय युवाहरुले घरबाट किशोरीलाई बोलाएर निर्माणाधीन घर भित्र सामूहिक बलात्कार गरेको पीडित किशोरीलाई उद्धृत गर्दै परिवारका सदस्यले जानकारी  दिएका छन्। पारिवारिक स्रोतका अनुसार घटना भएको भोलि पल्ट बिहान पीडितले आफ्नी बहिनीसँग इलाका प्रहरी कार्यालय मर्चवारमा जानकारी गराएकी थिइन्।

२ वर्षदेखि पीडितका बुवा र आमा उपाचारर्थ भारतको मुम्बई छन्। एक भाई, एक बहिनी र पीडित अपाङ हजुरबुवासँगबस्दै आएकी थिइन्। पीडितको जाहेरीको अधारमा आरोपित तीनै जनालाई नियन्त्रणमा लिई लिएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्त डिएसपी खड्ग बहादुर खत्रीले जानकारी दिए।

प्रकाशित: ५ फाल्गुन २०७६ १२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App