समाज

आरआर क्याम्पसमा दुई समूहबीच झडप, १० जना पक्राउ

काठमाडौं - काठमाडौंस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा नेविसंघ र अनेरास्ववियूका विद्यार्थीबीच कुटाकुट भएको छ। सोमबार बिहान क्याम्पसमै दुई समूहबीच कुटाकुट भएको हो। दुबै समूहले एक अर्कामाथि ढुंगा, इँटा हानाहान गरेको प्रत्यक्षदर्शी एक विद्यार्थीले बताए।

झडपपछि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीले दुबैतिरका १० जनालाई पक्राउ गरेको छ। नेसिंघका दुई जना र अनेरास्ववियूका ८ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अनेरास्ववियूका स्ववियू कोषाध्यक्ष संगम देवकोटा समेत छन्।

अनेरास्ववियूका विद्यार्थीहरुले सुरुमा आक्रमण गरेपछि झडप भएको नेविसंघ आरआर इकाई सचिव अनुराग शाहले जानकारी दिए। पिकनिकका विषयमा विवाद हुँदा झडप भएको उनले बताए।

प्रकाशित: ५ फाल्गुन २०७६ ०६:४७ सोमबार

आरआर_क्याम्पस नेविसंघ झडप