समाज

रुघा खोकीका विरामी देखिएपछि पहिचान गरिदिन स्वास्थ्य मन्त्रालयलाई अनुरोध

काठमाडौं - चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकको जुगल गाउँपालिका रुघा खोकीको प्रकोप देखिएपछि पहिचान गरिदिन गाउँपालिकाले स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ। विश्वमा फैलिएको नोवल कोरोना भाइरससँग मिल्दो जुल्दो देखिने लक्षण देखिएपछि गाउँपालिकाले पहिचानको लागि अनुरोध गरेको हो।

 गाउँपालिका–३ को गुम्बा वस्तीमा रुघा, खोकी र अत्यधिक ज्वरो आउने जस्ता लक्षण भएका बिरामी भेटिएको सो पत्रमा उल्लेख गरिएको छ। नोवेल कोरोना भाइरसको लक्षण जस्ता बिरामी भेटिएपछि गाउँपालिकाले मंगलबार यसको पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ। उक्त पत्रमा सोमबारबाट यस्ता बिरामी भेटिएकाले पहिचानका लागि विशेष टोली खटाई परीक्षण गरिदिन आग्रह गरिएको छ।

 

प्रकाशित: २९ माघ २०७६ ०७:०८ बुधबार

सिन्धुपाल्चोक कोरोना स्वास्थ्य