समाज

विमानस्थलमा लागेको आगो नियन्त्रणमा

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिजुलीको तार सर्ट हुँदा सोमबार राति आगलागी भएको छ। विमानस्थलभित्रको एक कफी–सपमा आगलागी हुँदा सामान्य क्षति भएको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रणका लागि विमानस्थलको दमकल परिचालन गरिएको थियो। एसएसपी रामकृपाल शाहले आगलागीबाट कफी–सपका केही सामग्रीमा सामान्य क्षति पुगेको बताए। राति पौने नौ बजेतिर लागेको आगो केही छिनमै नियन्त्रणमा लिइएको थियो।

प्रकाशित: २८ माघ २०७६ ०१:४९ मंगलबार

त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल आगलागी नियन्त्रण