समाज

बार काउन्सिलको चुनाव सम्पन्न

काठमाडौं – नेपाल बार काउन्सिलको परिषद् सदस्यका लागि भएको पार्षद् निर्वाचनमा सात प्रदेशबाट काउन्सिलर निर्वाचित भएका छन्। शनिबार सातै प्रदेशमा भएको चुनावबाट सातजना निर्वाचित भएका हुन्। काउन्सिल सदस्यका लागि प्रदेश १ बाट प्रेमप्रसाद पोखरेल, प्रदेश २ बाट श्यामकुमार मिश्र, बाग्मती प्रदेशबाट चन्द्रकान्त ज्ञवाली निर्वाचित भएका छन्।

त्यसैगरी गण्डकी प्रदेशबाट मुकुन्दराज अर्याल, प्रदेश ५ बाट बाबुराम पाण्डे, कर्णाली प्रदेशबाट रामबाबु बिसी, सुदूरपश्चिम प्रदेशबाट प्रकाशबहादुर पाण्डेय विजयी भएका हुन्। काउन्सिलरका लागि सात प्रदेशबाट १४ जनाले उम्मेदवारी दिएका थिए। निर्वाचित पार्षद्को कार्यकाल पाँचवर्षको हुनेछ। महान्यायाधीवक्ता अध्यक्ष रहने बार काउन्सिलमा नेपाल बार एसोसिएसनका अध्यक्ष पदेन उपाध्यक्ष हुने व्यवस्था छ। परिषद्का अनुसार सदस्यका लागि प्रत्येक प्रदेशमा चुनावमा सम्बन्धित प्रदेशका वरिष्ठ अधिवक्ता, अधिवक्ताले मतदान गरेका थिए।

प्रकाशित: २७ माघ २०७६ ०३:०० सोमबार

बार_काउन्सिल चुनाव