समाज

चट्याङ लागेर तीन जनाको मृत्यु

दाङ- दाङमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ। शनिबार परेको चट्याङले जिल्लाको तुलसीपुरमा दुई र घोराहीमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। एकाएक मडारिएको बादलसँगै शनिबार चट्याङ परेको हो।

चट्याङका कारण तुलसीपुर उपमहानगरपालिका–७ नवपलपुरका सात वर्षीया सृष्टि चौधरी र सोही ठाउँ निवासी ५४ वर्षीया लक्ष्मी आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरु चट्याङ लागेर गम्भीर थिए। तुलसीपुरमा रहेको राप्ती केयर हस्पीटलमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

त्यस्तै घोराहीमा चट्याङका कारण एक बालकको मृत्यु भएको छ। चट्याङ लागेर घरको आँगनमा खेल्दै गरेका घोराही उपमहानगरपालिका वडा नं. ११ हापुरका ८ वर्षीय ताराबहादुर पुरीको मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङ लागेर गम्भीर घाइते भएका पुरीको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ल प्रहरी कार्यालय दाङले जनाएको छ।   

 

प्रकाशित: २५ माघ २०७६ १३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App