समाज

चीनमा रहेका विद्यार्थीको आरोप : स्वदेश फर्काउने विषयमा सरकार मौन बस्यो

विद्यार्थीले होस्टेलबाट खिचेको उहानस्थित एक सडकमा देखिएको सुनसान अवस्था । तस्बिर श्रोत : दिगम्वर खोटेजा

काठमाडौं- चीनको हुवे प्रान्तको उहान तथा आसपासबाट हाल महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट जोखिममा परेको क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुले आफूलाई फर्काउन सरकार माैन बसेकाे आरोप लगाएका छन्। अन्य देशहरुले आफ्ना नागरिकलाई सुरक्षित रुपमा स्वदेश फर्काउने प्रक्रिया सुरु गरे पनि नेपाल सरकार भने फर्काउन प्रक्रियामा चुप लागेर बसेको भन्दै दुःख समेत व्यक्त गरेका छन्।

संयुक्त राज्य अमेरिकालगायतका विकशित देशहरुले जोखिममा परेको उहान सहरका आफ्ना देशबासीहरुलाई स्वदेश फर्काइ सकेको अवस्थामा नेपाल सरकारले भने व्रिफिंग क्याफे (जानकारी लिनेदिने) मात्रै गरिरहेको भन्दै दुःख बिसाएका छन्। उनीहरुका अनुसार नेपाल सरकारले ग्रुप च्याटमा बसी नेपालीको स्वास्थ्य अवस्थाको डाटा संकलन गरी नेपाल सरकारलाई बुझाइरहेका छन्।

नागरिकसँंगको टेलिफोन कुराकानीमा उनीहरुले नेपालले पनि चीन सरकारसँंग वार्ता गरी आफ्ना नागरिकलाई सुरक्षित रुपमा स्वदेश फर्काउने प्रक्रिया सुरु गर्नुपर्ने माग राखे। ‘नेपाल सरकारले हामीलाई व्रिफिंग क्याफेको सुविधा मात्रै दिइरहेको छ, उहानस्थित होचाङ्ख युनिभसिटी अफ साइन्स एण्ड टेक्नोलोजीमा विद्याबारिधी गर्दै गरेका दीगम्वर खोटेजाले थपे, ‘यो त हाम्रो विश्वविद्यालय नै दिइरहेको छ।'

उनका अनुसार बेइजिङस्थित राजदूतावासका प्रतिनिधिहरुले हटलाइन नम्बरहरु प्रदान गर्नेलगायतका सुविधाहरु दिइरहेका छन्। उनका अनुसार आफूहरु सबै एक्लैएक्लै कोठामा बसी विगत नौ दिनदेखि क्वारेन्टाइनमा छन्। बाहिर नगईकन सिमित घेरामा मात्रै बसेर सबै जना सुरक्षाका लागि सर्तक छन्। कोठामै बसेर खाने, बस्ने गरिरहेका छन्। बाहिर जानुपरेमा सुरक्षित भई माक्र्स लगाएर मात्रै सिमित ठाउँंमा जाने गरिरहेका छन्।

त्यसका लागि विश्वविद्यालयले नै माक्स दिनेलगायतका सुविधाहरु प्रदान गरिरहेका छन्। साथै विश्वविद्यालयभित्रै खानेकुरा खरिद गर्ने प्रबन्ध मिलाइदिएको छ। उनीहरुका अनुसार अहिले आफूहरु कोठामै रहेर थुनिएर बसेका छन्। यसकारण त्यहाँका सडकहरु प्रायः सुनसान रहेको उनीहरुले बताए।

उहानस्थित उहान युनिभर्सिटी अफ टेक्नोलोजीमा इन्जिनियररिंग अध्ययनरत सोही युनिभर्सिटीका नेपाली प्रतिनिधि सन्दीप उप्रेतीले अन्य देशहरुले चीन सरकारसँंग वार्ता गरी प्रोटोकल अनुसार प्रक्रियामा गएको मात्रै नभई आफ्नो नागरिक फिर्ता लगिसकेको बताए। संयुक्त राज्य अमेरिकालगायतका देशहरुले आफ्ना नागरिक फिर्ता लगि रहेको जानकारी दिँदै उनले चेकजाँंच गरी संक्रमित नभएको प्रमाणित भएपछि सुरक्षाका लागि आफूहरुलाई पनि नेपाल फर्कने वातावरणका लागि पहल गरिदिन सरकारसँंग माग गरे। चीनबाट संक्रमित नभएको प्रमाणित भएर स्वदेश फर्केपछि पनि आफूहरु नेपालमा दुई हप्ताको लागि क्वारेन्टाइनमा बस्न तयार रहेको उनले सुनाए।

नेशनल अथोरिटिज मिडियमा उल्लेख भए अनुसार अमेरिकाले दुई सय ४० जनालाई स्वदेश फर्काइ सकेको छ। यस्तै, फ्रान्सले शुक्रबार फ्लाइट पठाउँदै गरेको, श्रीलंकाले आठ सय ६० जना विद्यार्थीलाई फिर्ता लैजान योजना बनाएको, भारत र थाइल्याण्डले आफ्ना नागरिक फर्काउनका लागि प्रक्रिया सुरु गरी अनुमतिको प्रतिक्षा गराइरहेको उल्लेख छ।
 
मंगलबार मात्रै त्यहाँंबाट फर्केका विद्यार्थीको एक समूहले काठमाडौंमा फर्केर नेपालीको उद्धार गर्न दलका नेताहरुलाई छुटाछुटै भेटेर लिखित माग राखेका थिए। उनीहरुले नेपालीहरु त्यहाँं खतरामा रहेको भन्दै चाँंडो उद्धार गर्न ध्यानाकर्षण गराए। ईन्जिनियर कृष्णभक्त दुवाल, डम्वरबहादुर सुनार, जगदीश्वर श्रेष्ठ, सुन्दरकुमार ओलीलगायतका विद्यार्थीले संयुक्त हस्ताक्षरसहित परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाली काँंग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँंड, स्वास्थ्यमन्त्री भानुभक्त आचार्यलगायतलाई छुटाछुटै रुपमा भेटी यस्तो आग्रह गरेका थिए।

ती नेपाली विद्याथीहरुले दिएको लिखित निवेदनमा त्यहाँं रहेका नेपालीहरुको जनजीवन भयावह र कष्टकर रहेको उल्लेख छ। त्यहाँंको यातायात, सवारी आवागमनलगायत अत्यावश्यक दैनिक उपभोग्य सामाग्रीसमेत आपूर्ति हुन नसकिरहेको निवेदनमा उल्लेख छ।

हालसम्म भाइरसको कारण एक सय ३२ जनाको मृत्यु भइसकेको जनाइएको छ। साथै पाँंच हजार नौ सय ९७ जना चीनमा र ६५ जना चीनबाहेकका देशहरुमा संक्रिमित रहेको बताइएको छ।


 

प्रकाशित: १५ माघ २०७६ १०:३२ बुधबार

कोरोना_भाईरस सरकार