समाज

'सबै विवादलाई मेलमिलापमा लैजान हुँदैन'

काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले सबै विवादहरुलाई मेलमिलाप प्रकृयामा लैजान नहुने बताएका छन्।  वैदेशिक रोजगार विभागले सोमबार आयोजना गरेको मेलमिलापकर्ताहरुको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीश खतिवडाले सबै मुद्दाहरुलाई

मेलमिलाप प्रकृयामा लैजान नहुने बताएका हुन्। उनले भने ‘जहाँ मेलमिलाप गराउनु उपयुक्त हुँदैन त्यो मेलमिलाप प्रकृयामा ति कुराहरुलाई पठाउनु हुँदैन त्यो प्रकृयाबाट संवोधन हुन दिनु हुँदैन तर सामान्य किसिमका विवादहरु मेलमिलाम प्रकृयाबाट टुङ्ग्याउनु असल हुन्छ।’ उनले न्यायोचित समाधान दिन मेलमिलामकर्ताहरुको महत्वपूर्ण भूमिका रहने बताए।

उनले मेलमिलापमा जाँदा सबै मेलमिलापलाई पैसामा हिसाब गरेर न्यायोचित न्याय दिन नसकिने समेत बताए। त्यसका लागि दुई पक्षबीचको सन्तुलनमा ध्यान दिन उनले आग्रह गरे। उनले भने ‘मेलमिलापले जहिलेपनि दिएको समाधान न्यायोचित हुनुपर्छ दुईवटा पक्षको सन्तुष्टिको विषय बनाउनुपर्छ।’

यसलाई मोनिटरी विषयबाट मात्र नहेरेर मेलमिलामकर्ताले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा विचार गर्नुपर्ने बताए।

कार्यक्रममा नायव महान्यायाधिवक्ता पद्यम प्रसाद पाण्डेले कुनैपनि विवादको मुद्दा गरेर मात्रै समस्या समाधान नहुने बताए। उनले समस्याको समाधानको निम्ति र समाजलाई सहजरुपमा अगाडि लैजानका लागि मेलमिलाप उपयुक्त हुने बताए। उनले भने ‘मेलमिलाप यो नयाँ संहिताहरुमा किन आएको होला भनेर विचार गर्दाखेरी दुई तीन वटा कुराहरु छन त्यो के हो भने मुद्दा गरेर मात्रै त समस्याको समाधान हुँदैन त्यसकारण समस्याको समाधान गर्नको निम्ति र समाजलाई सहज रुपमा अगाडि लैजानको निम्ति समाजमा झगडाको वातावरण होईन मेलमिलापको वातावरण चाहिन्छ।’

कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले वैदेशिक रोजगारमा आउने समस्याहरुलाई मेलमिलापमा लैजादा प्रकृया लम्बिने हो की भन्ने चिन्ता बढेको बताए। उनले सबै वैदेशिक रोजगार व्यवसायीहरु ठग्ने र रोजगारीमा जानेहरु ठगिने हुन भन्ने मानसिकता रहँदासम्म मेलमिलापकर्ताहरुमा चुनौति बढ्दै जाने बताए।

महानिर्देशक भुसालले अहिलेसम्म संस्थागत विवादमा नैतिक दवाव दिएर पनि समस्याको समाधान गरिदै आएकोमा अव मेलमिलापकर्ताहरुलाई प्रमाणहरु जुटाएर मेलमिलाप गराउने चुनौति रहेको बताए। कार्यक्रममा ५२ जना मेलमिलापकर्ताहरुलाई सपथ ग्रहण गराइएको थियो।

प्रकाशित: १३ माघ २०७६ ०७:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App