समाज

चिसोमा ओढ्ने ओछ्याउन जलेर पीडित परिवारलाई कम्बल

आगलागी पीडितलाई कम्बल दिँदै डिएसपी थापा । तस्बिरःनागरिक

सिराहा- सिराहाको धनगढीमाई नगरापालिका ११ सोनापुरमा बिहीबार साँझ आगलागी हुँदा एक परिवारको दुई घर जलेर नष्ट भएको छ। खाना पकाउन बालेको चुलोबाट सल्केको आगोको लप्काले रामप्रसाद यादवको दुई वटा घर जलेको छ।

तेज पश्चिमी हावाका कारण क्षणभरमै भान्सा र सुत्ने घर खरानी भयो यादवले बताए। तत्काल प्रहरी नपुगेको भए छिमेकका घर पनि आगोको चपेटमा पथ्र्यो, उनले भने।

आगलागीको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानका प्रमुख(डिएसपी) शरत थापा क्षेत्रीको नेतृत्वमा प्रहरी टोली पुगेर आगोलाई नियन्त्रणमा लिएको थियो। पछि लहानबाट पुगेको बरुण यन्त्रको सहयोगमा पूर्ण रुपमा आगो निभाइएको छ।

आगलागीबाट ओढ्ने ओछ्याउने जलेपछि बिचल्लीमा परेका यादव परिवारलाई डिएसपी थापाले तीन थान ओढ्ने कम्बल सहयोग गरेका छन्।
 

प्रकाशित: ९ माघ २०७६ १४:३२ बिहीबार

आगलागी पीडित