समाज

प्रमुख प्रतिपक्षी दलका नेता पोखरेलको निधन

रुपन्देही- प्रदेश नं ५ प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको ८२ वर्षको उमेरमा आज निधन भएको छ।    
    विगत एक वर्षदेखि क्यान्सर रोगबाट ग्रसित पोखरेलको रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ खैरियास्थित आफ्नै निवासमा अपराह्न साढे १ बजे निधन भएको हो। छातीमा क्यान्सरको सङ्क्रमणका कारण रुपन्देहीको क्रिमसन अस्पतालमा उपचार गराइरहेका पोखरेललाई केही दिनअघि मात्रै घर लगिएको थियो।    
      विसं १९९४ माघ १९ गते प्युठानको तुसारामा जन्मिएका पोखरेल नेपाली काँग्रेसको समानुपातिक कोटाबाट प्रदेशसभाको सदस्य बनेका थिए। उनी प्रदेशसभाकै जेष्ठ सदस्य हुन्।  पोखरेलका श्रीमती, चार छोरा र दुई छोरी छन्।     
  

प्रकाशित: ६ माघ २०७६ ०९:५८ सोमबार

सांसद प्रदेश_सभा निधन