समाज

माझीटारमा आगलागी हुँदा दश लाखको क्षति

सिन्धुली- यहाँको कमलामाई नगरपालिका-७ माझीटारमा रहेको एक किराना पसल र मासु पसलमा आगलागी भएको छ।

तीनपाटन गाँउपालिका-२ घर भएका सेम श्रेष्ठले स्थानीय केतुलालको जग्गामा ट्रष्ट बनाई गरेको मासु पसल तथा किराना पसलमा एक्कासी आगलागी हुँदा दश लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

किराना पसलसँगै जोडिएको हिरा थापाको होटलमा समेत आगलागीले क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
    
 

प्रकाशित: १ माघ २०७६ ०७:१३ बुधबार

आगलागी क्षति