समाज

बैतडीमा हिमपात, विद्युत सेवा अवरुद्ध

बैतडी- मौसममा बदलीसँगै बैतडीका उच्च लेकाली क्षेत्रमा हिमपात सुरु भएको छ। खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरालगायतका क्षेत्रमा बिहीबार फेरी हिमपात भएको हो।

मंसिर अन्तिम साता यो वर्ष पहिलोपटक हिमपात भएको थियो। हिजो रातिदेखि मौसममा आएको परिवर्तनसँगै उच्च क्षेत्रमा हिमपात भएको छ। हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको खोड्पेका स्थानीय मोहन बिष्टले बताए। हिमपातले बाहिर निस्कनसमेत मुस्किल भएको पुर्चौडी नगरपालिका–६ शैलेन्द्र धानुकले बताए।

बर्षासँगै हिमपात भएपछि किसानहरु भने खुसी भएका छन्। सिँचाइ नभएका क्षेत्रमा बर्षा र हिमपातले सिँचाइको काम गर्ने भएकाले किसानहरु खुसी भएका हुन्। हिमपातले विभिन्न रोगकीराहरुसमेत नष्ट हुने कृषि ज्ञान केन्द्रका प्रमुख कर्णबहादुर चन्दले बताए।

हिमपातसँगै जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ। राति चलेको हावाहुरीले बैतडीको खोड्पे क्षेत्रमा लाइनमा समस्या आएको नेपाल विद्युत प्राधिकरण बैतडीले जनाएको छ। विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन्।

प्रकाशित: १७ पुस २०७६ १०:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App