समाज

उदयपुरमा आयुर्वेदिक अस्पतालबाट उपचार सेवा सुरु

उदयपुर– उदयपुरमा पहिलोपटक सञ्चालनमा आएको आयुर्वेदिक अस्पतालले औपचारिक उपचार सेवा सुरु गरेको छ।

सदरमुकाम त्रियुगा नगरपालिका ११ गाईघाट बजारमा सञ्चालनमा आएको सुखायु आयुर्वेदिक अस्पताल प्रालिले शनिबारदेखि औपचारिक रुपमा उपचार सेवा सुरु गरेको हो। 

अस्पतालको एक कार्यक्रमकाबीच त्रियुगा नगरप्रमुख बलदेव चौधरी र उपप्रमुख देवीकुमारी चौधरीले संयुक्त रुपमा उद्घाटन गरे। उद्घाटन कार्यक्रममा मेयर चौधरीले जिल्लामा खाँचो रहेको आयुर्वेदिक उपचार पद्धतिको सेवा टार्न अस्पाललाई सफलताको कामना गरे।

अहिलेसम्म अन्य धेरै अस्पताल र मेडिकलहरु बजारमा प्रसस्त सञ्चालनमा रहे पनि आयुर्वेदिक अस्पताल एउटा पनि नभएको जिल्लामा सुखायु अस्पतालले त्यो खाँचो टार्ने अपेक्षा उनले गरे। जडिबुटीबाट बन्ने औषधिबाट नगरबासीलाई सेवा पुग्ने विश्वास मेयर चौधरीले व्यक्त गरे।

प्रकाशित: १५ पुस २०७६ ०७:१२ मंगलबार

उदयपुर आयुर्वेदिक_अस्पताल