समाज

भक्तपुरलाई भूकम्प सुरक्षा दिवसको जिम्मा

भक्तपुर – २२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस यस वर्ष भक्तपुरमा विविध कार्यक्रम गरी मनाइने भएको छ। यसअघिसम्म काठमाडौंमा मनाइँदै आएको यो दिवस यो वर्ष भक्तपुरमा मनाउने निर्णय भएको भक्तपुर नगरपालिकाले जनाएको छ।

गृह मन्त्रालयमा आइतबार बसेको राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ मूल समारोह समितिको बैठकले यो वर्ष भूकम्प दिवस भक्तपुरमा मनाउन भक्तपुर नगरपालिकालाई जिम्मा दिएको नगरपालिकाले जनाएको छ। गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले २२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा माघ २ गते भक्तपुर नगरपालिकाको दरबार क्षेत्रमा विभिन्न कार्यक्रम गर्ने जिम्मा भक्तपुर नगरपालिकालाई दिने निर्णय गरेको हो। बैठकमा गृहमन्त्री थापाले भूकम्पलगाय विपद्बाट जनतालाई सुरक्षित पार्ने प्रमुख दायित्व राज्यको भएको बताएका थिए।

प्रकाशित: १४ पुस २०७६ ०४:३५ सोमबार

भक्तपुर भूकम्प_सुरक्षा_दिवस