समाज

सानेपाको कबाडी पसलमा आगलागी

ललितपुर- सानेपाको एक कवाडी पसलमा गएराति आगलागी भएको छ। राजेश पासवानको कवाडी पसलमा राति ८ बजे आगलागी भएको हो। आगलागीमा सबै सामान जलेको प्रहरीले जनाएको छ।

काठमाडौं, ललितपुर र भक्तपुरबाट पुगेका दमकलले करिब १ घण्टामा आगो नियन्त्रणमा लिएका थिए। आगलागीको क्षति र कारण भने खुल्न सकेको छैन।

 

प्रकाशित: १३ पुस २०७६ ०४:२८ आइतबार

सानेपा आगलागी कबाडी