समाज

बाटो खन्नेक्रममा ढलेको रुखले थिच्दा महिलाको मृत्यु

ताप्लेजुङ- ताप्लेजुङको सिरिजंघा गाउँपालिका वडा नं २ आम्देगुदीनमा रुखले थिचेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५५ वर्षिय पदममायाँ बुढाथोकी रहेको गाउँपालिककाका पेदाङका खेलप्रसाद बुढाक्षेत्रीले जानकारी दिए।

स्काभेटरले बाटो खन्नेक्रममा ढलेको रुखले महिलालाई किचेको थियो। प्रहरीले घटनाका बारेमा जानकारी लिने प्रयास भइरहेको बताएको छ।

प्रकाशित: १० पुस २०७६ ११:२३ बिहीबार

सडक ताप्लेजुङ मृत्यु