समाज

१५ वर्षपछि फरार अभियुक्त पक्राउ

नुवाकोट – कर्तव्य ज्यान मुद्दामा आरोप खेपेर फरार दुईजना १५ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा तार्केश्वर गाउँपालिका–५ का वीरबहादुर लामा (तामाङ) का ४० वर्षीय छोरा सन्तबहादुर तामाङ र सार्की लामाका ३२ वर्षीय छोरा केशव लामा रहेका छन्।

२०६१ वैशाख २६ गते नुवाकोटको तार्केश्वर गाउँपालिका–५ साविक गोस्र्याङ गाविस–२ का वाङदेन लामाका १५ वर्षीय छोरा लैलु लामालाई कुटपिट गरी घाइते बनाई फरार रहेका थिए।

घाइते लामाको उपचारको क्रममा तीन दिनपछि जिल्ला अस्पताल त्रिशूलीमा मृत्यु भएको थियो। पीडित परिवारको जाहेरीको आधारमा उनीहरूलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज काठमाडौंले शनिबार पक्राउ गरेको हो।

प्रकाशित: १ पुस २०७६ ०२:३६ मंगलबार

अभियुक्त_पक्राउ