समाज

पाल्पामा जिप दुर्घटना दुईको मृत्यु

पाल्पा- पाल्पाको तिनाउ गाउँपालिका ५ चौविस माईलमा जिप दुर्घटना भएको छ। बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्वरको जिप चौविस माईल स्थित सिद्धार्थ राजमार्गमा बिहीबार बिहान दुर्घटना भएको हो।

दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अहिलेसम्म मृतकको पहिचान हुन सकेको छैन। गाडी सडकदेखि २ सय मिटर तल खसेको छ। के कति कारणले जिप दुर्घटना भएको हो भन्ने विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। मृतक दुवै जना पुरुष रहेका छन्।

 

प्रकाशित: १९ मंसिर २०७६ ०८:२२ बिहीबार

पाल्पा जिप दुर्घटना