समाज

दैलेखमा माइक्राे बस दुर्घटना, ३ जनाको मृत्यु

दैलेख - दैलेखको गुरासेँ गाउँपालिका ४ मुग्राभन्ने स्थानमा हाइस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सुर्खेतदेखि दैलेख आउँदै गरेको भे१ज १०२९ नम्बरको हाइस दुर्घटना शुक्रबार बिहान भएको हो।

दुर्घटनामा घटनास्थलमै ३ जनाको मृत्यु भएको भने ७ जना घाइते भएका छन्। घाइतेहरुको रानीमत्ता प्रहरी चौकीबाट पुगेका प्रहरी र स्थानीयहरुले उद्धार गरिरहेका छन्। दुर्घटनाबारे पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

प्रकाशित: १३ मंसिर २०७६ ०६:३६ शुक्रबार

दुर्घटना मृत्यु