समाज

हतियार बुझाउन गृहको आग्रह

काठमाडाैँ – गृह मन्त्रालयले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको छ ।

मन्त्रालयले आज सूचना जारी गरी ३७ जिल्लामा हुने उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन मङ्सिर १० गतेभित्र हतियार बुझाउन अनुरोध गरेको हो ।

सूचनामा ‘हातहतियार खरखजाना ऐन २०१९’ को दफा ८ अनुसार सम्बन्धित जिल्लाका व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार स्थानीय प्रहरी कार्यालयमा अनिवार्यरूपमा बुझाउन भनिएको छ ।

प्रकाशित: ७ मंसिर २०७६ १२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App